दशैँ अवधिमा सवारी दुर्घटनामा १२४ जनाको मृत्यु

१० कात्तिक २०८३, मंगलबार
Share this
734shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका थिए।

Advertisement

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु ।

घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने दुई हजार ५५१ जना सामान्य घाइते ।

Advertisement

प्रदेशगत रूपमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना ।

दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको प्रहरीको भनाइ ।

गत वर्षको दसैँ अवधिमा एक हजार ४९२ वटा दुर्घटना भएका थिए।

यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारी चालक कारबाहीमा परेका छन् भने मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४ जना र क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ सवारी चालक कारबाहीमा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top