डुङ्गा डुब्दा ४८ आप्रवासीको मृत्यु

२१ जेठ ७५, सोमबार
Share this
795shares

ट्यूनिसिया, जेठ २१
ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।

Advertisement

ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्यांकमा मृतकको संख्या आइतबार ३५ मात्र थियो । उक्त मन्त्रालयले त्यहाँ रहेका ६७ जनालाई भने समुद्रबाट सकुशल उद्धार गरेको बताएको थियो ।

Advertisement

आइतबार मध्यान्ह १२ बजे डुबेको सो डुङ्गमा रहेकामध्ये तटबाट ३५ जनाको शव आइतबारै राति निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताए ।

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तटनजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार थालेको थियो ।

Advertisement

समयमै यसरी खबर भएकोले ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यहाँ उद्धारको काम जारी नै रहेको र डुङ्गामा कतिजना यात्रु थिए भन्ने यकिन तथ्यांक नपाइएकोले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top