आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु

१५ माघ, काठमाडौँ । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ ।

आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आज पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुनेछ ।

भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Advertisement

आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने उनले बताए । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्नेछ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।

Advertisement

आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि अहिले संवैधानिक सुनुवाइ भइरहेकाले चुनाव हुने नहुनेमा अन्योल छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top