निजी विद्यालयका शिक्षकको श्रमशोषण अन्त्य गर्न माग

विराटनगर,जेठ २२
निजी विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहले उचित तलब नपाएको गुनासो गरेका छन् ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुले नियुक्ति पत्र नपाएको गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङका सचिव प्रेम तामाङले निजी विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरुले भोको पेटमा काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारी शिक्षकसरह तलबमान हुनुपर्ने, संचयकोषको व्यवस्था गर्नुपर्ने, निजी विद्यालयहरुको एउटै शैक्षिक क्यालेन्डर हुनुपर्ने, उपदानको व्यवस्था गर्नुपर्ने, ग्रेड वृद्धि हुनुपर्ने, श्रम ऐनले तोके बमोजिम सेवा सुविधा लागू हुनुपर्ने, विरामी विदा पाउनु पर्ने लगायतका १६ बुँदे प्रस्तुत गरे।

Advertisement

यस्तै कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्धको अभियान शिक्षा केन्द्रीय संयोजक चिराक सरलले निजी विद्यालयले दिइने पारीश्रमिकमा एकरुपता नभएको बताए । उनले कोर्ट, पाइन्ट र टाई लगाएर शिक्षक विद्यालय आए पनि भोकभोकै अवस्थामा काम गरेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल होस्टेल एशोसिएशन प्रदेश नम्बर १ का महासचिव तथा शिक्षक विक्रम देवले आफ्ना गुनासा राख्ने निकाय नभएको बताए । शिक्षा कार्यालय जादा महानगरपालिका देखाउने,महानगरपालिका जादा श्रम कार्यालय देखाउने,श्रम कार्यालय जादा सामाजिक विकास मन्त्रीको कार्यालय देखाउने गरेको भन्दै अलमलमा परेको बताए । उनले सबै निकायमा गएर आफ्ना समस्या राखेको भन्दै कसैले समाधानमा चासो नदेखाएको बताए ।

Advertisement

यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङ जिल्ला अध्यक्ष नेत्रप्रसाद चौलागार्इंले आफ्ना मागहरु पूरा गर्न सम्बन्धीत निकायले ध्यान नदिए अनसन, हड्ताल लगायतका कार्यक्रम गर्ने चेतावनी दिए । मोरङमा ३ सय निजी विद्यालयमा ५ हजार भन्दा बढी शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top