आगोले घेरिँदै मनाङकाे ताचै बस्ती, स्थानीय रातभर जागै

१५ माघ ७७, शुक्रबार

मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् ।तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ ।

उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने– ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौं ।’रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔं दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो।’ –घलेले आफ्नो बाध्यता सुनाए ।

Advertisement

‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, घलेले भने– ‘पूर्णिमाको दिन भएकाले गाउँमा सबै हुँदा अलि सहज भएको छ ।’ ‘कहिले जंगलको आगो निभाउन त कहिले मान्छे जलाउन आगो बाल्दैमा हाम्रो यो साल बित्यो, सुखसँग गास हालेर सास फेर्न पाइएन।’ –घलेको भनाइ थियो ।,आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top