बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो

बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो

काठमाडौँ : उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो ।

बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए । ‘नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ’, श्रेष्ठले भने, ‘बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।’ यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.