संवैधानिक परिषद्को बैठक बुधबारका लागि बोलाइयो

संवैधानिक परिषद्को बैठक बुधबारका लागि बोलाइयो

२० माघ, काठमाडौँ ।

संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा  र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बुधबार साँझ ५ बजे बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख गरिएको छ ।

संवैधानिक निकायमा नियुक्ति सिफारिस लगायत विविध विषयमा छलफल हुने उल्लेख गरिएको छ । यता प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको जनाइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.