अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन : प्राविधिक प्रतिवेदन अन्तिम चरणमा

२१ माघ ७७, बिहीबार

काठमाडौँ : अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप काम अघि बढाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनलाई विस्तार गरी चितवनको लोथरसम्म ल्याइने छ । त्यहाँ भण्डारण पनि निर्माण गरिनेछ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे गरेको थियो । पाइप लाइन र जग्गाको सर्भे सकिएको छ । अब डीपीआर निर्माण प्रक्रियामा अघि बढ्ने निगमले जनाएको छ ।

निगमका अनुसार ६५ किलोमिटर लामो अमलेखगन्ज–लोथर पाइप लाइनको नक्साङ्कन गरिएको रुटको प्राविधिक अध्ययन गरिएको छ । नक्सा तथा लेआउटको काम सकिएको छ । डीपीआरलगायत आयोजनाको मोडालिटीबारे भारतसँग छलफल गरिने प्रवक्ता उपाध्यायले जानकारी दिए । लोथरमा एक लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

Advertisement

त्यस्तै, सिलगुढी–झापा पेट्रोलियम पाइप लाइन परियोजनाको प्राविधिक प्रतिवेदन पनि अन्तिम चरणमा रहेको छ । डिटेल इन्जिनियरिङ सर्भे सपन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन टोलीले सर्भे गरेको हो । सर्भेले झापाको चारआलीदेखि मेचीभन्सार हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइप लाइनको रुट पहिचान गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top