आन्दोलन माघ २२ गते विराटनगर : सुरक्षा ब्यवस्था कडा, ठाउँ-ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

आन्दोलन माघ २२ गते विराटनगर : सुरक्षा ब्यवस्था कडा, ठाउँ-ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

२२ माघ, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड–माधव समूहको आम हड्तालका कारण विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।

सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । अत्यावश्यक सेवाहरु चल्न दिने तर, अन्दोलनलाई च्यालेन्ज गरे कडा रुपमा प्रतिवाद गर्ने प्रचण्ड–माधव समूहका नेता शिवकुमार मण्डलले बताए ।

 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो ।

शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको अथ्र्याइएको छ ।

देशभर हड्ताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव समूहका नेता कार्यकताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.