×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब नेपालमै सुलीबाट बिजुली !

२३ जेष्ठ २०७५

स्याङ्जा, जेठ २३
कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

Advertisement
Advertisement

पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएकाले प्राधिकरणबाट लिनुपर्ने बाध्यता छैन । कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।

एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताए । एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने अत्याधुनिक यो मुलुककै पहिलो प्लान्ट भएको उनको दाबी छ ।

करीब ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । झण्डै रु २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।

भिरकोट नगरपालिका–७ मा रहेको खिलुङकालिका कुखुरा फर्मबाट ल्याइएको कुखुराको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो । यसबाहेक गाईभैँसीको मल र खेर गएका तरकारी र अन्य जैविक पदार्थलाई पनि राख्ने गरिएको बताइएको छ । दुई लाखभन्दा बढी कुखुरा रहेको एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैँसीको मल र दैनिक करीब दुई टन जैविक पदार्थको मिश्रणपछि तीनथरिका वस्तु उत्पादन भएको ढकालले बताए।

उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र जैविक मल चिनियाँ प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ । इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बनेको ढकालको भनाइ छ ।

यस प्लान्टको सफल सञ्चालनपछि तनहुँको डुम्रेमा पाँच लाख कुखुराको फर्म स्थापना गरी त्यसको सुलीबाट योभन्दा पनि निकै ठूलो बायोग्यास प्लान्ट निर्माण गर्ने तयारी गरेको छ ।

कुखुराका सुलीको व्यस्थापनसँगै फर्मका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्लान्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । “बढ्दो मलको अभाव र विस्तारै जैविक मलप्रतिको आकर्षण बढ्न थालेकाले बायोग्यासबाट निस्क्ने लेदोलाई ठोस र तरलरुपमा अलग गरी छिट्टै बजारमा क्रिी वितरणमा ल्याउने छौँ” उनले भने । उनका अनुसार ‘कृषक अर्गाानक मल’को ब्राण्डमा एक, दुई, पाँच र २५ केजीको प्याकेटमा मल बजारमा आउनेछ ।

स्वदेशमै मल कारखाना नहुँदा वर्षेनी अर्बौ रुपैयाँको रासायनिक मल आयात हुँदै आएको छ । कृषि मन्त्रालयले आव २०७३÷७४ मा मल कारखाना निर्माणका लागि लगानी बोर्डलाई अध्ययन गर्न भनेकामा बोर्डले मल कारखाना स्थापना गर्न आवश्यक ऊर्जाको अभावले तत्काल सम्भव नभएको प्रतिवेदन दिएको थियो ।

विद्युत् निकै महँगो पर्ने भएकाले मल कारखानाका लागि प्राकृतिक ग्यासलाई पहिलो र कोइलालाई दोस्रो इन्धनको विकल्पका रुपमा सुझाइएको थियो । हाल सात लाख मेट्रिक टनको माग भएकामा सरकारले तीन लाख मेट्रिक टनमात्रै अनुदानमा मत वितरण गर्न सकेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्याल अब साना घरेलु बायोग्यासमा भन्दा ठूला व्यावसायिक प्लान्टमा जोड दिन सकिए वर्षेनी रु २५ अर्बको एलपी ग्यास र रु १५ अर्बको रासायनिक मलको आयातलाई कम गरी भारतसँगको बढ्दो व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने बताउँछन्।

शहरी क्षेत्रको जैविक फोहरबाट बायोग्यास निकाली वातावरण संरक्षणसँगै जैविक मल, विद्युत् उत्पादन गर्ने गरी केन्द्रले विभिन्न ३७ वटा नगरपालिकासँग समझदारी गरेको पनि उनले जानकारी दिए ।

प्लान्टको लागि आवश्यक उपकरण निकै महँगो पर्ने भएकाले यसको आयातमा सरकारले सहुलियत दिएमा हरेक नगर क्षेत्रमा ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिने नेपाल बायोग्यास प्रवद्र्धन समूहका पूर्व अध्यक्ष शेखर अर्याल बताउँछन् ।

प्रदेश ४ मा मात्रै ठूला व्यावसायिक प्रतिष्ठानमा बायोग्यास प्लान्ट निर्माण भइरहेको हालै पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीमा २०१९ डिसेम्बरसम्म न्यूनतम चारवटा नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना तथा १४० ठूला व्यावसायिक बायोग्यास प्लान्टबाट ग्यास उत्पादन गरिने जानकारी दिइयो ।

हालसम्म १०० ठूला व्यावसायिक बायोग्यास प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको र ६० वटा प्लान्ट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको र बाँकी निर्माणाधीन अवस्थामा रहेको केन्द्रका निर्देशक डा नारायण अधिकारीले जानकारी दिए । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, बागलुङ, नवलपरासीलगायतका जिल्लामा एक जिल्ला एक ठूलो बायोग्यास (बोटलिङ) प्लान्ट जडान गर्ने गरी प्रदेश तथा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रविधिमा आएको विकास, एलपी ग्यास तथा रासायनिक मलमा रहेको परनिर्भरता कम गर्न सरकार, विभिन्न दातृ निकायको सहयोगमा देशका अन्य विभिन्न स्थानमा पनि यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट धमाधम सञ्चालनमा आउन थालेका छन् । नवलपरासीको रामग्रामस्थित सुक्रौती रोडमा नेपालमै पहिलो फोहरबाट ३७५० घनमिटरको बायोग्यास बोटलिङ परियोजनाबाट प्रतिदिन १५० सिलिण्डर ग्यास उत्पादन र १२ टन प्रांगारिक मल उत्पादन भएको छ ।

Advertisement

यसैगरी अन्नपूर्ण पोल्ट्री फार्म चितवनमा ५०० घनमिटर बायोग्यास प्लान्ट स्थापना भई ५० केभिए जेनेरेटरबाट विद्युत् उत्पादन भइरहेको छ । गण्डकी ऊर्जा प्रालिले कास्कीको कोत्रेमा ४२०० घनमिटर बायोग्यास प्लान्ट जडान गरी गाईको गोबर, कुखुराको सुली, नगरपालिकाको फोहरबाट बोटलिङ प्लान्ट निर्माण गरी छिट्टै ग्यास, मल र विद्युत् उत्पादन गर्ने भएको छ ।
रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top