पाँच लाख रोजगारी सिर्जना हुन्छ ः पूर्वमन्त्री कोइराला

२२ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ २३

Advertisement

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।

सञ्चार केन्द्र नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

Advertisement

“सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन,” उनले भने । अरुण तेस्रो सरकार आफैले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बीमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गरे ।

Advertisement

उनले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र काला बजारीलाई कारबाहीको नीति ल्याउनुपर्ने बताए ।

केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताए।
रासस

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top