×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको ’इरान डिल’: दाबी एकातिर, जमिनको यथार्थ अर्कैतिर? || Nepal Times
Apr 17, 2026
Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026

सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुनसक्छः प्रचण्ड

२३ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् ।

काठमाडौँमा शुक्रबार बिहान पत्रकासंगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताएका हुन् ।

Advertisement
Advertisement

यद्यपी गल्ती कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उनले स्पष्ट पारे । विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

उनले भने “मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देशभित्र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरे । केपी जीले आत्मसमर्पण गरेकै हो । ”

उनले लोकतन्त्रको रक्षा हुन्छ कि हुदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गरे ।

उनले भने “सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संबैधानिक संकटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जिले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । विषय यसअर्थमा गम्भीर देख्छु । केपीले निर्णय गरे प्रचण्ड माधवले विरोध गरे । सामन्य छ भन्या जस्तो होइन । शान्ति र संविधानसंग जोडिएको विषय भएकाले तेश्रो जनआन्दोलन हुन्छ हुदैन भन्दा नि यो इसुलाई सच्याईन्छ कि सच्याईदैन भन्ने हो ।”

उनले पार्टी विधान विपरित प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले आफु एक नम्बरको अध्यक्ष भन्दै हिडेको बताए । महाधिवेशन सम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहेपनि १ र २ नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उनले स्पष्ट पारे ।

उनले भने “यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुईवटा बराबरी भन्ने हो । विधानमा पनि दुईवटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् । म पनि त्यस्तै छु । सोझो भन्ने कि ? लाटो भन्ने कि ? भावुक भन्ने कि ? उदार भन्ने की ? तपाई भन्दा तीनवटा भोटा मैले बढी फटाएको छु । मलाई १ मा राखिदिनुन त, के भो त ? भने पछि मैले मान्दिएँ । निर्वाचन आयोगमा १ नम्बर भन्नुहुन्छ भन्ने भएको भए । ज्यान जाला मान्दिैनथेँ ।”

उनले सरकार संविधान, नियम कानुन उलंघन गर्दे गुण्डागर्दी शैलीमा अघि बढेको आरोप लगाए । आफु एमसीसीको समर्थनमा नगएका र पार्टीले पनि निर्णय नगरिसकेको स्पष्ट पारे ।

सरकारका असंबैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आव्हान गरिएकाले त्यसैमा केन्द्रीत हुन आफुले कार्यकर्तालाई भनेको उनले स्पष्ट पारे ।

उनले भने “संबैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण निर्णय । म त भन्छु त्यो त गुण्डागर्दी टाईपको छ । पत्रकार साथीहरु इो सामान्य खालको छैन । नसुनुवाई छ । सुनुवाई समिति छैन । सभामुखले यो सुनुवाई समिति पनि नभएको, प्रक्रिया पन िनपुगेको भनेर फिर्ता पठाएको स्थिति छ । यो बेला १० थरीका नारा लगाउनु भन्दा नारा जे आन्दोलन को ठोस कार्यक्रमको हो त्यही केन्द्रीत गरौ भन्या हो मैले । त्यसको अर्थ म एमसीसी(मिलिनियम च्यालेन्ज कर्पोरेसन) को समर्थनमा गएँ । मैले नीति बदलेँ भन्ने कुरा होइन । ”

ओलीको तमासा टुलुटुले हेरे बसिदैनः माधव नेपाल
पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदममा आफुहरु तमासे नबन्ने चेतावनी दिए । उनले कानून र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध शसक्त आन्दोलन गर्ने बताए ।

उनले भने “ केपी ओलीले जे जे गर्छन् खुरु खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौ । यो सबै स्थितिको श्रृजना गर्ने कारक तत्व भनेको केपी ओली जी नै हो । ओलीले पार्टीबाट सुरु गरे राजइलाई आफ्नो कब्जामा पार्ने कोशिष गर्न थालेका छन् । यो पनि गरे र यो सिंगो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै निमोठ्दै गईरहेका छन् । त्यसैले यो नेकपा भित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधिा र कानूनी शासनको कुरा हो । ”

संसदीय सुनुवाई विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णय विरुद्ध विहिबार देशव्यापी आमहड्ताल गरेको प्रचण्ड माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्या प्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा धन्यवाद पनि दिए ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top