डीएसपी ढुंगेलको पक्षमा सर्वोच्चको आदेश, सेवामा फर्कने बाटो खुल्यो

२३ माघ, काठमाडौं ।
डाँका, शरीर बन्धक र संगठित अपराधको आरोपमा मुद्दा खेपेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालत, काठमाडौंकै फैसलालाई सदर गरिदिएको हो ।

जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै सर्वोच्चले उच्च अदालतको फैसला उल्ट्याइदिएको हो ।

Advertisement

काठमाडौंको लोकेन्द्र शेरचन्दको घरमा भएको लुटपाटमा संलग्न देखिएपछि पक्राउ परेका विक्रम श्रेष्ठसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न तत्कालीन अपराध महाशाखाको टोलीले सिफारिस गरेको थियो ।

गृहले उनलाई निलम्बन गरे पनि ढुंगेलविरुद्ध बलियो प्रमाण भेटिएको थिएन । अपराध अनुसन्धानमा पोख्त मानिने ढुंगेलले अन्य अपराध अनुसन्धानको सिलसिलामा पहिल्यैदेखि श्रेष्ठलाई चिनेको बताउँदै घटनाबारे आफूलाई थाहा नभएको बताएका थिए ।

Advertisement

सर्वोच्चको आदेशमा भनिएको छ, ‘काठमाडौंमा लुटपाट भएको भनिएको २०७५ चैत २६ रहेको तर उनी २७ गतेसम्म इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर रहेको देखिएकाले लुटपाटमा संलग्नसँग काठमाडौंमा भेट भएको भन्न मिल्दैन।’

अन्य प्रमाणबाट पनि लुटपाट भएको समयमा डिएसपी ढुंगेल काठमाडौंमा रहेको भन्ने प्रमाण फेला नपरेकोले उनीविरुद्ध धरौटी लिन नमिल्ने तर्क सर्वोच्चको छ। सर्वोच्चको आदेशपछि ढुंगेल पनि सेवा फर्किने बाटो खुलेको हो।

ढुंगेल कोभर्ट अपरेसन (भेष बदलेर गरिने अनुसन्धान)मा पोख्त प्रहरी अफिसरका रूपमा चिनिन्छन्। रामेछापकी १३ वर्षीया सुन्तली तामाङका हत्यारा ढुंगेलकै नैतृत्वको टोलीले पत्ता लगाएका थिए। घटना भएको ६ वर्ष बितिसक्दा पनि तामाङका हत्यारा कानुनी दायरामा आउन सकेका थिएनन्।

घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गुन्डा नाइके भनेर चिनिएका रमेश बाहुन अर्थात् सुजन पौडेलसम्म गएर ठोकियो। हत्याबारे बाहुन केही जानकार थिए। यसबारे डिएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराए। माथिल्लो निकायबाटै ुग्रिन सिग्नल पाएपछि उनले बाहुनसँग सम्पर्क बढाए। बाहुनकै सूचना र सहयोगको आधारमा सुन्तली तामाङका हत्यारालाई ६ वर्षपछि डिएसपी ढुंगेलको टोलीले भारतको अण्डमान एन्ड निकोबार टापुबाट पक्राउ गर्न सफल भयो।

सुन्तलीको हत्यारा पक्राउको घटनाले प्रहरीको शाख जोगाएको भन्दै २०७४ असार १२ मा काठमाडौंमा पत्रकार सम्मलेन गरिएको थियो। डाँका मुद्दामा पक्राउ परेका विक्रम श्रेष्ठले पनि ढुंगेललाई अपराध अनुसन्धानमा सहयोग गरेका थिए। केही वर्षअघि रुपन्देहीमा भेटिएको बेवारिसे गाडी र चरेस कारोबारमा संलग्न व्यक्ति पक्राउ गर्न उनै श्रेष्ठले सहयोग गरेका थिए।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top