प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

२७ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न मंगलबार निर्वाचन आयोग जाँदै छन् । बिहान ११ बजे ओली आयोग जाने तयारी छ ।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.