प्रदेश २ मा निजामति सेवा सम्बन्धमा बनेको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

प्रदेश २ मा निजामति सेवा सम्बन्धमा बनेको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

२८ माघ, जनकपुर । प्रदेश २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । गत ३ कात्तिकमा यो विधेयक प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएर १६ कात्तिकमा प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको विधेयक प्रमाणीकरण भएको उक्त कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको रुपमा परियार आएपछि उनले यो सहित १७ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशमा जम्मा प्रमाणीकरण भएको विधेयकको संख्या भने ३९ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.