×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बैठक भन्यो कि केपी ओली फेन्ट हुन्छन्ः माधव नेपाल

२८ माघ, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन् । विहिबार काठमाण्डौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दे उनले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्कि दिएको प्रसंग उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन् ।

मन्त्रीहरुको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संबैधानिक र स्वतन्त्र आयोगहरुलाई थर्रकाउने काम गरेको भन्दै उनले त्यसो नगर्न खबरदारी गरे । निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधान अनुसार निर्णय गर्न पनि उनले आग्रह गरे । उनले भने “आधिकारिताको विवादमा पस्न पाउदैन भनिएको छ । कानुनमा एउटै पार्टीभित्र दलको नाम, निर्वाचन चिन्ह र छापको बारेमा विवाद आयो भने वहुमतको निर्णयलाई हामी स्वीकार गछौ भनेर निर्वाचन आयोगको कानूनमा लेखेको छ । ”

Advertisement
Advertisement

संबैधानिक निकाय निकाय निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उनले ओलीको आदेश र फरमानलाई भन्दा नियम कानुन अनुसार निर्णयमा पुग्न सुझाएका छन् । अन्यथा कानूनको कसैले पनि पालना नगर्ने चेतावनी पनि उनले दिए । उनले भने “केपी ओलीले आयोगले अगाडि बढाईसकेको काममा हस्तक्षेप गर्न थालेका छन् । खबरदार स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउदैन् । निर्वाचन आयोगले नियमावलिमा परिर्वतन गरेर पठाईसकेको छ । नछाप्नु भनी निर्देशन दिईएको छ । उनले तुरुन्त आदेश र फरमान फिर्ता लिउन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरुन् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । यो कुराको हेक्का होस् सबैलाई ।”

उनले आफुहरु लगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संबैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह गरे । उनले भने “जसलाई कम्युनिष्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुसासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्ने वित्तिकै रिंगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युनिष्ट पार्टीको नेता हुनसक्छन् ? त्यस्तो मान्छे कम्युनिष्ट पार्टीको नेता हुन सक्क्तैन । कहाँबाट देशको प्रधानमन्त्री भए ? मन्त्रीहरुको जम्मै अधिकार आफ्नो हातमा लिएका थिए । त्यही हैसियतले अहिले पनि निर्वाचन आयोगलाई थर्रकमान गर्न खोजिरहेका छन् । खबरदार । हामी साथमा छौ तपाईहरुको । हामी जिउँदै छौ । हामी यहीँ छौ । ”

उनले प्रधानमन्त्री ओलीलाई बहुमतको शासन मान्न तयार भए निर्वाचन आयोगलाई धम्कि दिन छाडेर आफ्ना पक्षकालाई मार्चपास गराएर टाउको गन्न सुझाव दिए । उनले भने “मार्च पास गराऔ ४ सय ४१ जना मध्ये केपी ओलीको पक्षमा कति जना उभिन्छन् ? सय जना । हाम्रो पक्षमा ३ सय जना ।” पार्टीको विधानमा अध्यक्ष पहिलो नलेखेको भन्दै उनले ओली आफैले आफुलाई पहिलो भन्दै हिडेको दाबी गरे ।उनले भने “ पहिलो अध्यक्ष ओली गुटको होला । बालकोटको होला । तर नेकपाको पहिलो अध्यक्ष होइन । विधानमा लेखेको छ ? लेखेको छैन । निर्णयमा लेखिएको छ ? छैन । मान नमान मै तेरा मेहमान । कसैले देओस् नदओस् ताज पहिरिएर हिडेका छन् । ” उनले चुनाव चिन्ह सूर्य आफूहरुको भएको दाबी गरे । उनले भने “हामीसंग सूर्य चिन्ह छ । केपी ओलीसंग त बयलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन । ”

उनले पार्टीको सिद्धान्त विचार सबै छाडेर प्रधानमन्त्री ओली आफ्नो पाप पखाल्न पशुपतिको शरणमा पुगेको व्यंग्य गरे । उनले भने “केपी ओली जी तपाईले मदनभण्डारीको नाम जप्ने गर्नुभएको छ । अब त्यो नाम पनि विर्सिसक्नुभएको छ । अब पशुपति नाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । तर पशुपति नाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ । जो मानिस राम्रो प्रवृत्तिको मान्छे छ । जसले धर्म गर्दछु । पाप गर्र्नेलाई पशुपतिले पनि माफ गर्देनन । चेतना भया । केपी ओलीलाई चेतना भया । संविधानको मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई जनअधिकार कुल्चिनेहरुलाई ।”

Advertisement

केपी ओली नेतृत्वको सरकारको समयमा ७ हजार १ सय ७० नेपाली चेलीहरु बलात्कृत भएको र उनीहरुको आत्माले ओलीलाई ‘ए ओली तिमिले कति जनालाई सजाँय दिएका छौ ? कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो असंवेदनशीलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ । ’ भनिरहेको उल्लेख गरे । आम जनताले केपी ओलीलाई धिक्कारी रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले गरेको पाप पशुपतिमा बत्ति बालेर धोईपखाली गर्न नसकिने बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top