रोकिराखेको बसमा आगलागी

Share this
760shares

विराटनगर,जेठ २५
विराटनगरको जनआन्दोलन चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा गएराति आगलागी भएको छ ।

Advertisement

एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो ।

आगलागिबाट बसमा अधिकांश भागमा क्षति पुगेको छ । शंकास्पद जस्तो देखिने घटनाको बिषयमा जानकारी दिुंदै मोरङका एसपी मनोजकुमार केसीले आगलागीको बिषयमा अनुसन्धान शुरु गरिएको बताए ।

Advertisement

उनले आगलागी भएको बसको छेउमा अन्य तीनटा बसहरु पार्किङ गरि राखिएको भएपनि अन्य बसमा क्षति नपुगेको तर अलि पूरानो जस्तो देखिने उक्त बसमा आगलागि हुनुको कारणको बिषयमा अनुसन्धान भईरहेको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top