निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ ः प्रचण्ड

काठमाडौँ, जेठ २६

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्।

निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला ।”

Advertisement

“सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन” प्रचण्डले भने “साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।”

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताए । उनले भने“अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन ।”

Advertisement

उनले अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पारे ।

उनले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । उनले भने“राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।”

भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरे । “सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्” एक व्यवसायीले भने ।

आफूलाई ठूला बताउने निर्माण व्यवसायीले देशभरि ठेक्का लिएर काम गरेका छैनन । यी छवटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्बाद भयो नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने ।

व्यवसायीले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए । सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यवसायीले गुनासो गरेका थिए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top