विराटनगर,जेठ २७
ईलामको सुर्योदय नगरपालिका ३ बाट शनिबार प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ।
ईलाम सुर्योदय नगरपालिका ३ आले भन्ने स्थानबाट अपरान्ह २ बजे मे. १ ज. १९५२ नम्बरको पिकअप गाडीसहित धुपि जातको अवैध २३ थान ६ फुटे र ७ फुटे फेन्टा काठ बरामद भएको हो।
प्रहरीले गाडीका चालक सुर्योदय नगरपालिका– ३ का केशर प्रधान र काठ धनि दिलीप गुरुङलाई समेत नियन्त्रणमा लिई अनुसन्धानका लागी काठसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
यता सुनसरीको धरान उपमहानगरपालिका १४ बिजयपुर जङगलबाट सिसौको र सखुवाको काठ बरामद भएको छ।
अस्थायी प्रहरी पोष्ट बिजयपुरको गस्ती टोलीले शनिबार राती जंगलभित्र लुकाई राखेको अवस्थामा १८ थान गरी चिरान गरिएको काठ बरामद गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।