×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री ढकाल

१० फाल्गुन २०७७

१० फागुन, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिलिपि अधिकार ः कानूनी व्यवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले परम्परागत रुपमा रहेको श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा समावेस गर्नुपर्ने बताएका हुन् ।

यस्तै रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुराको सन्दर्भमा कानून र व्यवहारमा फरक पर्न सक्ने बताए । यसको सुधारका लागि राज्यको उपस्थितिलाई कमी हुन नदिने पनि मन्त्री ढकालले बताए ।

Advertisement
Advertisement

कम्पनी राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णुकुमारी भट्टराईले रजिष्ट्रारको मुख्य काम प्रतिलिपि अधिकारको संरक्षण गर्ने, अभिलेखिकरण गर्ने, श्रष्टाहरुले प्राप्त गर्ने रोयल्टी सङ्कलन व्यवस्थापन र वितरण गर्ने रहेको बताइन् । श्रष्टाहरु एक भएर जान नसक्दा प्रतिलिपि अधिकारको विषय तल पर्ने गरेको बताइन् । प्रतिलिपि अधिकारको विषयलाई यस क्षेत्रको साझा मुद्दा बनाएर लैजान सुझाव दिइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा प्रभावकारी काम गर्न सकेमा मुलुकभित्र बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन् । कानूनी संरचना बलियो हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण गीत, संगित, साहित्यको क्षेत्रमा पाइरेसीका घटनाहरु हुने गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र तथा मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले श्रष्टा र सर्जकहरुको हक सुरक्षित गर्नुपर्ने बताए । यस क्षेत्रमा मुनाफा कमाउने र लगानी उठाउने ज्ञारेन्टी नहुँदा कलाकारहरुको आर्थिक हक सुरक्षित हुन नसकेको बताए । श्रष्टा, सर्जकको मौलिक अधिकार कसैले पनि काटन नसक्ने तर आर्थिक अधिकार अझैपनि सुरक्षित हुन नसकेको बताए ।

Advertisement

कार्यक्रममा बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा बनेका कानूनहरुको जानकारी नहुँदा पाइरेसी हुने गरेकोमा वक्ताहरुले जोड दिए । यसको नियन्त्रणका लागि सरकारी तवरबाटै निगरानी बढाइनु पर्नेमा उनीहरुको जोड थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top