×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिनिधि सभा विघटन गरिएको उद्देश्य पूरा भयो : शंकर पोखरेल

१२ फाल्गुन २०७७

१२ फागुन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएका छन् । बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिडेको बताएका हुन् ।

उनले भने ‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमती खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नेकुरा गर्नुहुन्छ । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होईन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिड्दै हुनुहुन्छ ।’

Advertisement
Advertisement

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताकोबीचमा यसै विषयलाई लिएर जाने बताए । उनले जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पुरा भएको दाबी पनि गरे । प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताए ।

उनले भने ‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि स्वभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ । आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं । जुन उद्देश्य साथ प्रतिनिधि सभा विघटन गरेका थियौँ त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पुरा गरिसकेका छौँ । संसद पुर्नस्थापना भएर केही बिग्रिएको छैन ।’

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए । आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि बताए । कार्यक्रममा बोल्दै नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने अवसर पाएको बताए । संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने दाबी पनि गरे ।

Advertisement

सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफुहरुले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको तामाङले बताए । आफुहरु निर्माण र समृद्धिको पक्षमा रहेको र त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको पनि उनले बताए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top