अब सरकारी कर्मचारीको रकम समयमै व्यक्तिगत खातामा जम्मा हुने

१२ फागुन ७७, बिहीबार

१२ फागुन, काठमाडाैँ ।
सरकारी कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । विद्युतीय सरकारी लेखा प्रणाली मार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकारी निकायका कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम तत्काल व्यत्तिगत खातामा लेखांकन गर्ने प्रणालीको बुधबार शुभारम्भ भएको छ ।

महालेखा नियन्त्रक कार्यालयमा भएको कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव एवं कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी र महालेखा नियन्त्रक मधुकर मरासिनीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । कार्यक्रममा राजस्व सचिव पुडासैनीले यो प्रणाली सरकारी लेखा प्रणालीको सुधारका लागि कोषेढुंगा भएको बताए ।

कार्यक्रममा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले लेखा प्र्रणालीमा ठूलो सहयोग पुग्ने बताए । यस किसिमको प्रणालीको विकासले पारदर्शिता कायम गर्ने कार्यमा सघाउ पुग्ने पनि उनले बताए ।

Advertisement

कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले विधुतीय सरकारी लेखा प्रणालीको कार्यान्वयनबाट कर्मचारी सञ्चय कोषको फाँटबारी संकलन कार्यमा सरलिकरण र सहजिकरण हुने बताए ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै कारोबारको बास्तविक समयमा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम ब्यक्तिगत खातामा जम्मा नहुने, हराउने, दोहोरो प्रविष्टि हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्याहरु समाधान हुने बताइएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top