विराटनगर– किमाथान्का सडक सरकारको उच्च प्राथमिकतामा

२६ जेठ ७५, आइतबार

विराटनगर, जेठ२७

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको दशक आर्थिक सम्वृद्धि र विकासको दशक हुने वताएका छन् ।

उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोह, इतिहास विमोचन र ४६ औं वार्षिक साधारणसभालाई सोमबार विराटनगरमा सम्वोधन गर्दै उनले अवको दशकलाई आर्थिक सम्वृद्धिको दशक बनाउन सवैले साझा संकल्प गनुपर्ने आवश्यकतामा जोड दिए।

Advertisement

उनले प्रमुख राजनिति शक्तिहरुको एकताका कारण नेपालमा ठुलाठुला परिवर्तन भएकाले राष्ट्रको आवश्यकता अनुुसार आर्थिक विकास र सुशासनका लागि दलहरु विच एकता कायम हुनुपर्ने वताए । अध्यक्ष दाहालले नयाँ संविधान आएसंगै सवैतहको निर्वाचन सम्पन्न भइ सकेकाले अवको एकमात्र ऐजेन्डा विकास भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले अवको पाचवर्षसम्म यो सरकार परिवर्तन नहुने भन्दै अबको पाचवर्ष भित्र विकास निमार्णको नयाँ इतिहास निमार्ण गर्न सरकार अघि वढनुपर्नेमा जोड दिए। उनले कृषिको विकास विना मुलुकको आर्थिक विकास संम्भव नहुने भएकाले निजिक्षेत्रलाई समेत सहभागि वनाएर विकास निमार्णको एजेन्डा तयार गर्नु आवश्यक रहेको बताए । उनले आफु प्रधानमन्त्री हुदा विराटनगर– किमाथान्का सडकलाई उच्च प्राथमिकतामा राखेकाले अवको सरकारले भारतको बोर्डरदेखि चीन जोडने यो सडक निमार्ण कार्यका लागि वजेट समेत छुटयाई सकेको उल्लेख गरे ।

Advertisement

उनले विराटनगर विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्न सरकारले वजेट समेत छुटयाएको उल्लेख गरे। उनले विराटनगर जुटमिलसंगै नेपालमा वन्द रहेका अन्य उधोगहरु समेत संचालनगर्न सरकारले पहल गरिसकेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान,विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष विनोद वहादुर श्रेष्ठ, मोरङ व्यापारसंघका अध्यक्ष पवन सारडा लगायतका उधोगीहरुले मुलुकको विकासका लागी दलहरु बीच साझा एजेन्डा आवश्यक रहेको वताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top