४ मंसिर , काठमाण्डौ।
वीरगंजसहित बारा र पर्साका विभिन्न पालिकालाई जोडेर सञ्चालन गर्न लागिएको एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) यही मंसिरभित्र सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी अघि बढाउने निर्णय ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यस्तो निर्णय गरेको जानकारी ।

नगर बस सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन चारवटा पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने समेत बैठकको निर्णय ।



