सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो

४ मंसिर २०८३, शुक्रबार
Share this
724shares

४ मंसिर , काठमाण्डौ।   

Advertisement

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको भाउ घट्यो ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पायो ।

Advertisement

बिहीबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा १२ हजार दुई सय रूपैयाँ घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँ कायम ।

बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घट्यो ।

बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ कम ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार पाँच सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top