प्रचण्ड-नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

१३ फागुन, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।

Advertisement

उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहनुभएका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर निर्देशन दिएको नेत्री रामकुमारी झाँक्रीले बताइन् ।

बैठकमा उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिएका थिए । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो ।

Advertisement

सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top