×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

कृषकलाई कृषियन्त्र पावर टिलर वितरण

१५ फाल्गुन २०७७

१५ फागुन, कैलाली ।
कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ ।

ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement

कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रमअन्र्तगत कृषि ज्ञान केन्द्रले भजनी नगरपालिकाको रजवार गहुँ ब्लक समिति र जोशीपुर गाउँपालिकाको मनिकापुर कृषक समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

कृषि ज्ञान केन्द्रले रजवार गहुँ ब्लक समितिलाई छ थान पावर टिलर हस्तान्तरण ग७थभलसयोे । “कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ”, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, “यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ ।

व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पु¥याउँछ ।” रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रमअन्र्तगत दोस्रो वर्ष रु १० लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताए ।

“गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ”, कृषि प्रसार अधिकृत चौधरी भन्छन्, “कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।”

यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रमअन्र्तगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उनको भनाइ छ । उनले किसान परियोजना २ को संयुक्त आर्थिक तथा प्राविधिक र लगानीमा जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई दुई वटा पावर टिलर हस्तान्तरण गरिएको बताए ।

कृषि उत्पादन बढाउन सहयोग पु¥याउन बर्सेनि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले कृषियन्त्र वितरण गरिरहेका छन् । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनपछि कैलालीका किसानले कृषियन्त्र, प्रावित्रिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् ।

Advertisement
Advertisement

जसले किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउँछन् । “सिँचाइ आयोजना सञ्चालनपछि युवासमेत कृषिमा लागेका छन् । अनुदान, प्रविधिजस्ता सहयोग, सिँचाइको सुविधा भएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती थालेका छन्” । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top