×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले दरबार ह*त्याकाण्डको पर्दाफास गर्ला ? || Nepal Times
Apr 02, 2026
Playing
एमाले दलका नेताले रास्वपादेखि जेनजी विद्रोहसम्मलाई ब्यङ्ग हाने || Nepal Times
Apr 02, 2026
Playing
एमाले मा बादल लाग्योःशंकरको पुत्ला जल्यो,विशेष महाधिवेशनको माग|| Nepal Times
Apr 02, 2026
Playing
ओली–लेखकको म्याद थप गरिँदै, बयान पनि लिइने || Nepal Times
Apr 02, 2026
Playing
संसद्मा रविको गर्जनः२४ सै घण्टा निगरानी गर्नुहोला ? हामीमा अहंकार नबढोस् || RABI LAMICHHANE
Apr 02, 2026
Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026
Playing
आज संसद्मामा को को बोल्दै छन् ? || Nepal Times
Apr 02, 2026
Playing
५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा || Nepal Times
Apr 02, 2026
Playing
सिंहदरबारबाट आजदेखि संसदीय नयाँ यात्रा|| Nepal Times
Apr 02, 2026

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

१५ फाल्गुन २०७७

१५ फागुन, विराटनगर ।
उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।

यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे ।

Advertisement

यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपिलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखसम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३–७४, २०७४–७५ र २०७५–७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिनाहा हुने भनिएको छ ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३–७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

विसं २०७५ असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयको अपिलमा छ ।

आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणबाहेक) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने भनिएको छ ।

यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु चार अर्ब ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा रु दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल भएको छ । विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताए ।

सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ३७ लाख ७७ लाख ३१ हजार र अन्तःशुल्क रु एक अर्ब ३९ करोड ६२ लाख ६२ हजार छन् ।

गत साउनदेखि माघसम्ममा कार्यालयले आयकरमा १३१, मूल्य अभिवृद्धिकरमा १६७ र अन्तःशुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । गएको वर्षभन्दा यस वर्ष सो अवधिमा आयकरमा चार, मूल्य अभिवृद्धिकरमा २६ र अन्तःशुल्कमा पाँच प्रतिशत प्रगति भएको छ ।

Advertisement

आन्तरिक राजस्व कार्यालयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कूल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ । (रासस)

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top