प्रिमियर लिग: टोटेनह्यामको शानदार जित, म्यानयू र चेल्सी गोलरहित बराबरीमा रोकियो

१७ फागुन, एजेन्सी । इङ्ग्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।

गएराति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अङ्क दूरी घटाएको हो ।

म्यानचेस्टर सिटीको समान २६ खेलबाटै ६२ अङ्क छ । चेल्सी ४४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यस्तै गएराति भएकै खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको ४८ औँ मिनेटमा कर्टिस जोनले गोल गरे । खेलको ६४ औँ मिनेटमा सेफिल्डका केन ब्रायनले आत्मघाती गोल गरे । यस्तै, गएराति नै भएको खेलमा टोटेनह्यामले सानदार जित निकालेको छ । उसले बनर्ली ४–० गोल अन्तरले पराजित गर्यो ।

टोटेनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले खेलको २ र ५५ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै, ह्यारी केन र लुकास मौराले एक/एक गोल गरे । जितसँगै टोटेनह्यामले २५ खेलमा ३९ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।

बनर्ली २८ अङ्क जोडेर १५ औं स्थानमा रहेको छ । यस्तै, गएराति भएकै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top