आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

१८ फागुन ७७, मंगलबार
Share this
791shares

१८ फागुन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

Advertisement

राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु ।’

Advertisement

दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top