×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामाजिक अभियन्ता दाहालको स्मृतिमा पाँच करोडको अक्षय कोष घोषणा

१९ फाल्गुन २०७७

१९ फागुन, काठमाडौं ।
सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा पाँच करोड रुपैयाँको अक्षय कोष घोषणा गरिएको छ।

सामाजिक अभियानमा सक्रिय रहँदा नै हृदयाघातबाट मृत्यु भएका दाहालको १२ औँ पुन्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो। दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो।

Advertisement
Advertisement

उनको बहुआयामिक व्यक्तित्वलाई चिरस्थायी बनाइराख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्‍याउन कोषको रकमबाट आएको आम्दानी खर्चिने कोष सञ्चालक समितिले जनाएको छ।

अक्षय कोष सञ्चालक समितिले कोषको नाम ‘मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ राखेको छ। कोषमा पहिलो चरणमा परिवारका सदस्यसहित शुभचिन्तकले स्थापनाकै दिन करिब सवा ५५ लाख रुपैयाँको योगदान दिएका छन्।

भाइ तथा जेपी प्रतिष्ठानका सञ्चालक हरि दाहालले ११ लाख ११ हजार १११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तलाले पाँच लाख ५५ हजार ५५५ रूपैँया योगदान गरेका छन्। अन्य सहयोगीको योगदानबाट २०७७ फागुन १८ गते कोषमा ५५ लाख २१ हजार ८२१ जम्मा भएको छ।

 २०६९ सालमा नेपाल सरकारको नीति तथा कार्यक्रममा नै समेटेर पाँच विकास क्षेत्रमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने घोषणा गर्दा तात्कालीन मध्यामाञ्चल विकास क्षेत्रका लागि दाहालले २०६६ सालदेखि नै सुरु गरेका काठमाडौँको लप्सेफेदीमा रहेको मैत्री सेवाश्रम छनोट भएको थियो।

सरकारको घोषणाअनुसार केही सहयोग गरे पनि करिब एक अर्ब रुपैयाँ बराबरको परियोजना दाहाल आफैँ विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरेका थिए।

Advertisement

काठमाडौँको लप्सेफेदीदेखि दाहालले निर्माण गरेको मैत्री सेवाश्रम ‘सामाजिक कार्य’मा अनुसन्धान तथा अध्ययनमा रुचि राख्नेहरू तथा आफैँ समाजसेवामा सहयोग हुनेहरूका लागि गन्तव्य बनेको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top