सरकारको नेतृत्वको अफर आएपछि देउवाले डाके पदाधिकारी बैठक

१९ फागुन ७७, बिहीबार

२० फागुन, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्।

Advertisement

उनले आज दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको हो। सरकारको नेतृत्वका लागि काँग्रेसलाई अफर आएपछि देउवाले बैठक डाकेका हुन्।

पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ। देउवाले बुधवार चितवन पुगेर प्रधानमन्त्री पाए सरकारमा जाने संकेत गरेका थिए। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन।

Advertisement

काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ उनले भनेका थिए। त्यसै गरी उनले कांग्रेसभित्रै सरकारमा सहभागी हुन नहुने भन्ने राय रहेको सन्दर्भमा उनले भने, शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्नुस्, प्रधानमन्त्रीका लागि मरिमेट्ने पनि गरिन्नँ, अथवा अवसर आएको खण्डमा भाग्ने कुरा पनि हुँदैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top