×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

काठमाडौँ मेयर कपः उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्दै

२२ फाल्गुन २०७७

२२ फागुन, काठमाडौँ । काठमाडौँ मेयर कप क्रिकेट आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा आर्मी र एपीएफ तथा मूलपानी मैदानमा हुने खेलमा नेपाल पुलिस र वाग्मती प्रदेश खेल्दैछन् ।

Advertisement
Advertisement

पाँच टिमको सहभागिता रहेको मेयर कप २९ गतेसम्म चल्ने क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिए ।

प्रतियोगितामा मेयर ११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तान प्रिमियर लिग स्थगित भएपछि लामिछाने स्वदेश फर्किने भएका छन् ।

क्यानले प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर काठमाण्डौ मेयर–११ को टिम घोषणा गरिसकेको छ ।

काठमाण्डौ महानगरले क्यानसँग मिलेर आयोजना गरेको प्रतियोगितामा आयोजक टिमसहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।

Advertisement
Advertisement

प्रतियोगिता कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top