प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Advertisement

ओलीले केही बेर अघि शिक्षण अस्पताल पुगेर खोप लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु हुने भएको छ।

यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।

Advertisement

अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए।

सरकारले करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य राखेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top