सेवा प्रभावकारी बनाउन कर्मचारीलाई चारबुँदे निर्देशन

२९ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ ३०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताए।

Advertisement

उनका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्य रुपमा आफ्नो महाशाखा, आन्तरिक व्यवस्थापन शाखामा राखिएको लगबुक भर्न, खाजा खाने समय १ः३० बजेदेखि २ः३० बजेसम्म तोकिएकाले सो अनुसार गर्न र शुक्रबार बाहेक अन्य सबै दिनमा पोशाक लगाएर अनिवार्य आउन निर्देशन दिइएको छ ।

कर्मचारीले आफूले मनलाग्दी गर्न थालेपछि मन्त्रालयले निर्देशन जारी गरेको बताइएको छ ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top