६ चैत्र, काठमाडौं ।
विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (८७ करोड रुपैयाँ) दिने भएको छ ।
विश्व बैंकको सञ्चालक समितिले आज खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव स्वीकृत गरेको हो । विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै प्रभावकारी खोप प्रणाली विकासका लागि ऋण सहायता उपलब्ध गराउन लागेको हो ।
विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक रहेका फारिस हदाद जर्भोसले नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउने लक्ष्यलाई एक सशक्त साझेदारको रूपमा विश्व बैंकले सघाएको बताएका छन् ।
यो ऋण सहयोग मूलतः खोप खरिद, आपूर्ति र वितरणका लागि भएको स्पष्ट पारेका छन् । विश्व बैंकले यसअघि पनि नेपाललाई कोभिड–१९को आपतकालीन सामना गर्नका लागि २ करोड ९० लाख डलर सहुलियत ऋण सहयोग दिएको थियो ।