एक वर्षमा मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर बिक्री गर्ने देशभरका ३४ कम्पनी कारबाहीमा

८ चैत, काठमाडौँ । एक वर्षको अवधिमा मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर बिक्री, वितरण गर्ने देशभरका ३४ कम्पनी कारबाहीमा परेका छन् ।

एक वर्षको अवधिमा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर बिक्री गर्ने, उत्पादन ठेगाना स्पष्ट नभएको र औषधि व्यवस्था विभागमा दर्ता नभएको, देशभरका ३४ वटा कम्पनी कारबाहीमा परेको नेपाल औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको केही समयदेखि विभागले निरन्तर अनुगमन गर्दै आएको छ ।

Advertisement

अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री, वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका सूचना अधिकारी केसीले आग्रह गरेका छन् ।

विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई बेला–बेला अपिल गर्दै आएको छ । बजारमा मापदण्ड विपरीतका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजरसमेत भएकाले गुणस्तर हेरेर प्रयोग गर्न विभागले अपिल गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको गति न्यून हुँदै गए पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड भने निरन्तर पालना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

त्यही भएर अझै पनि ह्याण्ड स्यानिटाइजर प्रयोग गर्नेको सङ्ख्या कम भएको छैन । स्यानिटाइजर किन्दा केही शङ्का लागेमा, घातक हो वा होइन भन्नेबारे जानकारी नभएमा औषधि व्यवस्था विभागको वेबसाइटमा गएर त्यहाँ रहेको नम्बरमा फोन गरेर बुझ्न सकिने विभागका सूचना अधिकारी केसीले बताए ।

पछिल्लो पटक विभागले गरेको अनुगमनका क्रममा बाराको दुई कम्पनीले उत्पादन गरेका चार प्रकारका ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तर भएको पाइएको छ । कोरोना रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड स्यानिटाइजर नै न्यून गुणस्तरको भेटिएको हो ।

डाबर नेपाल प्राली बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर, आर्या फार्माल्याब प्रालीको क्लिन वेल इन्सटेन्ट ह्याण्ड सेनिटाइजरलगायतका न्यून गुणस्तरको पाइएको हो ।

यी उद्योगलाई तत्काल विवरण पेस गर्न पनि विभागले निर्देशन दिएको छ । साथै स्यानिटाइजरको बिक्री, वितरण तथा प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको थियो । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानिटाइजर बिक्री, वितरणमा प्रतिबन्ध लगाएको छ ।

मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उत्पादन नभएको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजर बिक्री, वितरण गरेको भेटिएमा बजारमा बेचिएका पनि सबै कम्पनीमा नै फिर्ता गरिन्छ । पटक–पटक यसरी बिक्री गरेको पाइएमा औषधि व्यवस्था विभागले दर्ता खारेजसम्मको कारबाही गर्ने गरेको केसीले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top