×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बंगलादेश शरणार्थी क्याम्पमा आगलागीः कम्तीमा १५ जनाको मृत्यु, ४ सय बेपत्ता, ४५ हजार विस्थापित

११ चैत्र २०७७

११ चैत, एजेन्सी । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन् ।

Advertisement
Advertisement

’यो विशाल छ, यो विनाशकारी छ,’ युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने।

उनका अनुसार पाँच सय ५० जना घाइते र ४५ हजार जना विस्थापित छन् ।

बंगलादेशी अधिकारीहरूका अनुसार आगलागी हुनुको कारणबारे अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ ।

’सबै सक्यो। हजारौं घरविहीन भएका छन्,’ बालुखाली क्याम्पबाट शरणार्थी अमन उल्लाले रोयटर्ससँग भने,’आगलागी ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो तर केही भागमा रातभर धुँवा उडेको देखिन्थ्यो।’

बंगलादेशी अधिकारीहरूले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताएको छ ।

४० हजार क्याम्पका टहराहरू जलेको प्रकोप व्यवस्थापन र राहत मन्त्रालयका सचिव मोहम्मद मोहसिनले बताए ।

Advertisement
Advertisement

कक्सबजारका दुइटा मुख्य अस्पतालहरू पनि भत्किएका छन् । यसबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन भएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top