सेप्टेम्बरदेखि इ–पासपोर्ट दिन सुरु गरिने, अत्यावश्यक नपरी नबनाउन अपील

१२ चैत, काठमाडौँ । आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ।

विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ।

’राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको देखियो। सेप्टेम्बरदेखि हामी इ–पासपोर्ट दिन्छौं। त्यही भएर अहिले अत्यावश्यक नपरी नयाँ पासपोर्ट नबनाउन र नवीकरण नगर्न भनेका हौं,’ पाण्डेले भने।

Advertisement

उनका अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ।

’यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ,’ प्रवक्ता पाण्डेले भने।

Advertisement

नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उनले बताए। अहिले संसारका १२० मुलुकले इ–पासपोर्ट जारी गरिसकेका छन्।

सेवाग्राहीले इ–पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पाण्डेले बताए।

नेपालले यसअघि सन् २०१० मा हस्तलिखित पासपोर्ट हटाएर मेसिन रिडएबल पासपोर्ट दिन थालेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top