क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

३१ जेठ ७५, बिहीबार

काठमाडौँ, जेठ ३१

Advertisement

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ ।

Advertisement

महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ ।

देशका सबै प्रदेश तथा भूगोललाई समेटेर १५ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको महासंघका कार्यालय प्रतिनिधि पवित्रा सत्यालले जानकारी दिए ।

Advertisement

नवनिर्वाचित अध्यक्ष जिसीले उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन उक्त व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने बताए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top