प्रधानमन्त्री ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

१२ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तीन बजेका लागि एमालेको संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले भने संसदीय दलको बैठक बस्ने विषयमा आफूहरूलाई जानकारी नभएको बताएकी छन् ।

यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.