×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

संरक्षण गृहमै ६ महिनादेखि बलात्कार

१४ चैत्र २०७७

१४ चैत, काठमाडौँ । दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको  छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो।
बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेका भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्। जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा समस्या देखिएपछि अन्यत्र स्थानान्तरण गररे सुरक्षित गराउन थालिएको हो।’ बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए ।

तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका थिए । उनी त्यतिबेला पुनरावलोकनको निवेदन दिएर छुटेका थिए । सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरको े थियो।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top