केरुङ नाका बन्द हुँदा नाम्खामा भोकमरीको सम्भावना

१३ चैत ७७, शनिबार

१४ चैत्र, सिमकोट ।
हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, ‘गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अब हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेका छौँ।’

Advertisement

सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनोट भइसकेको थियो। त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुन सकेको छैन।

४५ रुपैयाँमा प्रतिकिलो खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो।

Advertisement

उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्षयतादेखि ढुवानी भएको छैन।

ढुवानी बन्द हुँदा खाद्यान्न समस्या हुने अवस्था आएको बताइएको छ। केरुङबाट ढुवानी हुने अवस्था नरहेकाले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसँग माग गरेका हुन्।

सो खाद्यान्न पैदलमार्गबाट ढुवानी हुनसक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था कार्यालयले समेत निर्णय गरेर हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न केन्द्रमा पठाइसकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताए।

लामो समयसम्म चार हजार क्वीन्टल खाद्यान्न आइ नपुगेपछि नाम्खाका नागरिक खाद्यान्न भोकमरीको चपेटामा पर्न सक्ने बताइएको छ।(रासस)

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top