दाङका आन्दोलित मजदूरहरूको तलबभत्ता नियमित रूपमा उपलब्ध गराउन व्यवसायीहरू सहमत

१७ चैत, दाङ । दाङका यातायात मजदूरहरूको तलबभत्ता नियमित रूपमा उपलब्ध गराउन यातायात व्यवसायीहरू सहमत भएका छन्।

Advertisement

यसअघि यातायात मजदूरहरूले आफ्नो माग पूरा नगरेको भन्दै मंगलबार बिहानदेखि नै चक्काजाम गरेका थिए।

त्यसपछि जिल्ला प्रशासन घोराहीमा मजदूर संगठन र प्रमुख अधिकारीबीच समस्या समाधानका लागि छलफल भएको थियो। यसैगरी दिउँसो १ बजेदेखि यातायात सञ्चालन गर्ने सहमति भएको छ।

Advertisement

उक्त छलफलमा मजदूरहरूको तलबभत्ता नियमित उपलब्ध गराउने लगायत ६ बुँदे निर्णय भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top