×

NEPAL TIMES UPDATES

Playing
Taiwanलाई हति यार बेच्ने कि नबेच्ने निर्णय गर्दै Trump || Nepal Times
May 16, 2026
Playing
नेपाली दूतावासको जग्गा श्रीलंकामा कसले बेचिदियो ?|| Nepal Times
May 16, 2026
Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026

बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

१८ चैत्र २०७७

१८ चैत्र, तनहुँ ।
बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ ।

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताए। गाउँपालिकाले बाख्रापालनका लागि १ नं वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले बताए ।

Advertisement
Advertisement

वडाका अगुवा किसानलाई जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उनले बताए ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो ।

बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । उनले भने, “किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।”

वडामा रहेको १० टोलका बाख्रापालन कृषक समुहमा आबद्ध हुनेछन् । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि शुरुमा एक हजार बाख्रा राखिनेछ । उनले भने, “एक घरधुरीले कम्तीमा पाँचवटा माउ बाख्रा पालेको हुनुपर्छ ।”

प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले रु १५ लाख छुट्याइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो ।

एक सय ५० जना बाख्रापालन कृषक छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

बन्दीपुर–१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम शुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top