×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

कोरोना संक्रमणको हटस्पट बन्दै स्कुल तथा कलेज

१९ चैत्र २०७७

१९ चैत, काठमाडौँ । कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् ।

पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ ।

Advertisement
Advertisement

यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए ।

‘भक्तपुरमा पनि एक्कासि धेरै विद्यार्थीमा संक्रमण भएको केसहरु देखिएका छन् । ८–१० जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ पौडेलले भने ।

डा. पौडेलले कोरोना संक्रमणका लागि विद्यालय जोखिम क्षेत्र रहेको उल्लेख गरे । ‘विद्यालयको होस्टलबाट पनि धेरैमा संक्रमण हुने जोखिम छ,’ उनले भने, ‘अभिभावकले संक्रमित भएको अवस्थामा बालबच्चालाई विद्यालयलाई विद्यालय पठाइदिनु भएन ।

काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रमा देखिएका संक्रमितमा शिक्षक एवम् विद्यार्थीको संख्या उल्लेखनीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शैक्षिक संस्था कोरोना संक्रमणको हटस्पट बन्न थालेको देखिएको छ ।

Advertisement
Advertisement

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top