निर्माणाधीन बाँधमा पहिरो खस्दा पाँच जना बेपत्ता

विराटनगर,असार२
अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्। मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेर बेपत्ता भएका हुन् ।

Advertisement

जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएको संखुवासभा डीएसपी श्याम सारु मगरले जानकारी दिए।

बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन्। अर्का एकजनाको नाम खुलेको छैन।

Advertisement

सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन। अहिले पहिरो खस्ने क्रम जारी रहेकोले र४ वटा स्काभेटरले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन्।् । २५ मिटर निर्माण भइसकेको सुरुङ निर्माणका लागि मेसिन प्रयोग गरिएको परियोजनाले जनाएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा परियोजनाको संयुक्त रुपमा काठमाडौंबाट सिलन्यास गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top