×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इथियोपियाको दुई प्रान्तबीचको झडपमा परी सय बढी आम नागरिकको मृत्यु

२५ चैत्र २०७७

२५ चैत, एजेन्सी । इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो ।

गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेको दाबी गरे । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको भूमिमा भएको हो ।

इथियोपियाको टिग्रेमा पनि केही समयअघिदेखि सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार पनि उक्त द्वन्द्वको क्रममा २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । यद्यपि यो संख्या एक सयभित्रैको संख्या हो वा थप मानिसहरु मारिएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अफार प्रान्तका अहमद कालोयटले एएपपीसँगको कुराकानीमा सोमालीको विशेष प्रहरी र लडाकुहरुले हरुकामा खानतलासी गर्दै स्थानीयहरुमाथि अन्धाधुन्ध गोली चलाएको बताएका छन् । यो क्रममा अफारका ३० जनाको मृत्यु भएको थियो भने कम्तीमा ५० भन्दा धेरै घाइते भएका थिए ।

इथियोपियाका दुवै प्रान्तले आफूले पहिला आक्रमण गरेको अस्वीकार गर्दै एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top