आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या निकै दुर्लभ रहेको निष्कर्ष

२६ चैत्र, बीबीसी ।
कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ।

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ।

यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएको र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने निकै दुर्लभ रहेको जनाएको छ।

हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन्। जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

ईएमएकी कार्यकारी निर्देशक इमर कुकले, उमेर, लिङ्ग वा रगत जम्ने समस्या पहिले नै भएको अवस्था जस्ता जोखिमका कुनै निश्चित कारक हुनसक्ने बारे भने कुनै प्रमाण फेला नपरेको बताएकी छन्।

सुरक्षाका विषयमा उनले भनिन् हाम्रो सुरक्षा समितिले पुष्टि गरेको छ कि आस्ट्राजेनेका खोपले कोभिड–१९ बाट बचाउने कुराले यसका असरलाई ओझेलमा पार्छ।

उनले थपिन्ः यो खोप निकै प्रभावकारी देखिएको छ। यसले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ र यसले ज्यान जोगाइ रहेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top