×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

प्रदेश १ को बजेटको निजी क्षेत्रद्वारा प्रशंसा, प्रतिपक्षी कांग्रेस असन्तुष्ट

३ असार २०७५

विराटनगर,असार ३
एक नम्बर प्रदेश सरकारले हिजो ३५ अर्ब ९३ करोड ६० लाख बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले संसदमा प्रस्तुत गरेको बजेट सकारात्मक भएको भन्दै नीजि क्षेत्रले प्रशंसा गरेका छन ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पिठो छरेको जस्तो बजेट ल्याइएको भन्दै आपत्ति जनाएको छ । प्रदेशसभा भवन बाहिर बजेटको विषयमा प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समग्र क्षेत्रलाई समेटेर बजेट ल्याइएको बताए ।

Advertisement
Advertisement

प्रदेश एकमा कृषि, पर्यटन र जल विद्युतको राम्रो सम्भावना रहेको र बजेटमा समेत यस क्षेत्रलाई प्राथमिकता दिइनु उत्साहजनक भएको उनको भनाइ छ । यस्तै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बजेटले कृषि, पर्यटन, भौतिक पूर्वाधार, उद्योग लगायतका सबै क्षेत्रलाइ समेटेको बताए । केन्द्रले समेट्न नसकेका उद्योगको समस्या समाधानमा प्रदेश बजेट अग्रसर देखिएको भन्दै उनले यसलाइ सफल कायान्वयन गर्न सके प्रदेशको समृद्धि पक्का हुने बताए ।

यता बजेटको विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले सरकारले पिठो छरेजस्तो बजेट ल्याएको बताए । अत्याधिक कार्यक्रम उल्लेख गरिए अनुसार बजेट नभएको र राजस्वको अनुमानित अंक पुरा हुने कुनै आधार नदेखिएको उनको भनाइ छ । उद्योगको विकासका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड विनियोजन गरेको छ ।

Advertisement
Advertisement

विराटनगर आसपासको क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हवको रुपमा विकास गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ । प्रदेश सरकारले गरिबि न्यूनिकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत, सुदृढ, स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित बजेट ल्याएको बताएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top